२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

राष्ट्रिय सभा निर्वाचन अपडेट

मधेसबाट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार विजयी
काठमाडौं, ११ माघ।

मधेसमा राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएको छन् ।गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण, दलित तर्फ धर्मेन्द्र पासवान र महिला तर्फ रेखा झा विजयी भएका छन् ।

अन्य तर्फ जसपा नेपालबाट उम्मेदवारी दिएका ठाकुरले ७ हजार ७२५ मतभार पाएर विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८ सय ५ मतभार मात्रै पाउन सके । अन्य तर्फको मतदानमा ३१५ मतभार बदर भएको थियो । त्यस्तै अल्प संख्यक तर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रंजित कर्णले ८ हजार ९३ मतभार ल्याएर विजयी भएका हुन् ।

नेकपाका उम्मेदवार रामानन्दन प्रसादले १ हजार ३६१ मतभा ल्याउन सके । उम्मेदवारी निश्किृय पार्ने सहमति भएको जसपा नेपालका उम्मेदवार शैलेशकुमार चौधरीले समेत २ सय ७७ मतभार ल्याए । अल्पसंख्यक तर्फ १ सय १४ मतभार बदर भएको थियो ।

त्यस्तै दलित तर्फ नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान ७ हजार ९ सय ४ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार शम्भु पासवानले १ हजार ३ सय ७६ मतभार ल्याउन सके भने जसपा नेपालका उम्मेदवार चमेलीदेवी दासले २ सय ९ मतभार ल्याइन् । दलित तर्फ १ सय ८६ मतभार बदर भएको थियो ।

महिला तर्फ एमालेका उम्मेदवार रेखा झा ७ हजार २सय २२ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार १ हजार ९ सय ४४ मतभार मात्रै ल्याउन सके । जसपा नेपालका उम्मेदवार चन्द्रकला देवी साहले समेत ३सय २२ मतभार पाएकी थिइन् । महिला तर्फ ३ सय ५७ मतभार बदर भएको थियो ।

लुम्बिनीबाट तीनै सिटमा गठबन्धन विजयी
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा रहेका तीनै सिट कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगता समूहबाट कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार ल्याइन् भने राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरिन्।

अपांगता समूहमा कांग्रेस उम्मेदवार बासुदेव घिमिरे ‘जंगली’ ५ हजार ३२२ मतभारसहित विजयी भए। यस समूहमा नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए।

यस्तै, अन्य क्लस्टरमा कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचन जिते। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे।

नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल निर्वाचित

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्। आइतबार भएको नेकपाको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसालाई संसदीय दलको नेतामा नियुक्त गरेको हो।

नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे नियुक्त भएका छन्।

यसअघिका नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता नारायण काजी श्रेष्ठले पदबाट राजीनामा दिएर सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको हो।

बागमतीबाट राष्ट्रिय सभा सदस्यमा एमाले र कांग्रेसका उम्मेदवार विजयी

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका छन्। आइतबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा सम्पन्न निर्वाचनमा दुवै उम्मेदवार गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन्।

दंगालले कुल ६ हजार २०५ मतभार प्राप्त गर्दा देवकोटाले ६ हजार २३९ मतभार पाइन्। निर्वाचनमा नेकपा र नेमकिपाका उम्मेदवारहरू पराजित भए।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए। बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन भएको हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।