२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो : कांग्रेस शीर्षमा, अरू दल कस्तो ?

काठमाडौं, १२ माघ ।

माघ ११ गते आइतबार १८ पदका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्न पुगेको छ । 

निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको छ । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचितहुदा राष्ट्रिय सभामा कांग्रेसको सिट बढेर २५ पुगेको छ ।

अब राष्ट्रिय सभामा २५ सांसदसहित कांग्रेसले पहिलो ठुलो दलको हैसियत बनाएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए । योसँगै राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएकाे छ । 

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल भएको थियो । सोही तालमेल अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका हुन् ।

निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठुलो दलबाट झरेर दोस्रो ठुलो दलमा खुम्चेको छ । 

राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो ठुलो दलको हैसियत नेपाली कम्युनिस्ट पार्टीले र नेकपा एमाले पूर्ववत ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ । यसअघि पनि ११ सांसद रहेको एमाले ८ सांसद बाहिरिने र आइतबारको निर्वाचनमा ८ जना नै थपिएपछि राष्ट्रिय सभामा एमालेका सांसद ११ कायमै भएका हुन् ।

त्यसबाहेक जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद राष्ट्रिय सभामा कायम भएका छन् । यद्यपि निर्वाचनपछि राष्ट्रिय सभामा बदलिएको समीकरण र फेरिएको हैसियतले आगामी फागुन २० पछि मात्र औपचारिकता पाउनेछ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।