२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

नेका कास्कीद्धारा निर्वाचन परिचालन समिति गठन, १३ मा सम्पर्क कार्यलय स्थापना

पोखरा, १५ माघ ।

नेपाली कांग्रेस कास्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयारी अघि बढाएको छ । तयारी स्वरूप नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा पाँच हजार एक सदस्य रहेको निर्वाचन परिचालन मूल समिति गठन गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा ७ सदस्य रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरेको छ। जसको सदस्यहरूमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहेका छन् । साथै इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ। जसको सदस्यहरूमा चौबहादुर गुरुङ, बुद्धिमान गुरुङ, सुरेन्द्र अधिकारी र श्याम गुरुङ रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर १ कास्कीले चुनावी अभियान अन्तर्गत बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १३ मा सम्पर्क कार्यालय स्थापना गरेको छ। सम्पर्क कार्यालयको कास्कीको तत्कालीन थुमाकोडाँडा गाविसका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक बहादुर रानाभाटले मतदाताबाट प्रेम र सद्भाव पाइरहँदा खुसी मिलेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले जनताको बीचमा रहेका समस्या समाधान र विकास योजना आफ्नो प्राथमिकता भएको बताए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले समाजमा रहेका बेथितिहरूको अन्त्य काँग्रेसले मात्रै गर्न सक्ने बताए ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति १३ का सभापति माधव प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष किरण बराल, विद्यार्थी नेता दीपक पौडेल र कार्यसमितिका सचिव बुद्धिराज बरालले बोलेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।