२०८२ माघ २४ शनिबार
२०८२ माघ २४ शनिबार

नेकपा उम्मेदवारहरु भन्छन्ः संकटमोचनका लागि हामीलाई मत दिनुस्

पोखरा, १९ माघ ।

फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन लागेका हुन् । नेकपा पुरानामध्येको नयाँ र नयाँ मध्येको पुरानो शक्ति भएको उल्लेख गर्दै उनीहरुले अहिलेको संकटमोचनका लागि नेकपाको जित जरुरी रहेको औंल्याएका छन् ।

नेकपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ ९करण०ले सोमबार रुपाका विभिन्न क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर उनीहरुको अपेक्षा सुने । रुपा–३ टाकेञ्जामा सहिदहरुको सालिकमा माल्र्यापण गरी भेटघाट सुरु गरेका थिए । मतदाताहरुले उनलाई विगतका वाचा र पाटीका एजेन्डाहरु नभुल्न सुझाव दिए ।

कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा ९आमोद० गरिब, सुकुम्बासी, सीमान्तकृत, राष्ट्रिय पुँजीपति सबैको समतामूलक समाजको खाका नेकपासँग मात्र भएको बताए । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले भने,‘ गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’उम्मेदवार थापाले संकटका बेला माथिल्लो वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताए । उनले भने,‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो ।”

नेकपा कास्की ३ उम्मेदवार गोपाल गिरी माछापुच्छ«े र पोखरा महानगरका केही क्षेत्रका मतदातासँग भेटघाट गरिसकेका छन् । ‘जेन्जी’ युवाको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नेकपाको जित आवश्यक पर्ने उनले बताए । आज कास्कीको अन्नपूर्ण गाउँपालिकामा चुनावी प्रचारप्रसार तथा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।