२०८२ माघ २४ शनिबार
२०८२ माघ २४ शनिबार

१९ औं बिटी कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

पोखरा, २२ माघ ।  

पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे ।

सो अवसरमा बोल्दै एसपी कार्कीले फुटबलको क्षेत्रमा बिटी क्लबको योगदान अतुलनीय रहेको धारणा राखे ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक दोस्रो चरणमा प्रवेश गर्याे । बिटी ह्वाइट र मेरो नेपाल क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

यस्तै दोस्रो खेलमा पाटन एफसीलाई भाइब्रेन्ट एफसीले २–० को गोलले पराजित गर्याे । भाइब्रेन्टको जीतमा अजय गुरुङ र एलिया गुरुङले समान १/१ गोलको योगदान दिए । प्रतियोगिताको पहिलो चरणका बाँकी खेलहरु शुक्रबार बिहान ८ बजेबाट सञ्चालन हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी  दिए । उनका अनुसार प्रतियोगितामा कुल ४६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।