२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

नव नियुक्त इन्जिनियरिङ्ग र स्वास्थ्य सेवाका कार्मचारीहरुको सेवा प्रवेश तालिम सम्पन्न

पोखरा, २३ माघ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिषठानको आयोजनामा गण्डकी प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशबाट २०८२ बैशाख ०१ गते पछी सिफारीस भई प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य तथा इन्जिनियरिङ्ग सेवा तर्फ सहायकस्तर चौथोरपाँचौ तहमा कार्यरत कर्मचारीहरुको माघ १९ गते बाट संचालित ५ कार्य दिने सेवा प्रवेश तालिम, प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेंद्रबाबू तिवारीको अध्यक्षता एव प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशका माननीय अध्यक्ष बिष्णुप्रसाद नेपाल प्रमुख आथित्यतामा राष्ट्रीय परीक्षा बोर्डको सभाहलमा सम्पन्न भयो ।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख आतिथि नेपालले प्रदेश लोक सेवा आयोगले सौद्धान्तिक र केही व्यवहारिक ज्ञानको परिक्षण गरेर हजारौ प्रतिस्पर्धीहरुबाट छनोट गरी सिफारिस गर्दछ, भने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलद्वारा दिइने तालिमले तपाईहरुसंग भएको सौद्धान्तिक ज्ञानलाई सिपमा परिवर्तन गर्नुका साथै कार्य क्षेत्रमा आवश्यक पर्ने ज्ञान र क्षमता विकास गरि जनता संग प्रत्यक्ष जोडिने सेवा प्रवालाई सहज, सेवामुखी, कार्यमा कुशलता एव पारदर्शिता कायम गर्न यो तालीम सहयोगी बन्ने कुरा बताउनुभयो ्र

प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले यो तालिमले सार्वजनिक प्रशासन र खरिद व्यवस्थापन बिषयमा आधारित भएर तालिम प्रदान गरिएको हुँदा नेपालको निजामती प्रशासनको काम, कर्तव्य र अधिकारका समेत जानकारी प्रदान गरिएको वताउदै समग्र तालिमको संक्षेपीकरण र अतिथीहरुलाई स्वागत गर्नुभयो ।

प्रशिक्षण व्यावहारिक, सिपयुक्त र अभ्यासमुलक रुपमा भएको हुदाँ कार्यालयको दैनिक प्रशासनिक कार्य र खरिद व्यवस्थापनमा आईपर्ने समस्याहरुलाई सहज रुपमा समाधान गर्न सक्ने क्षमता विकास भएको कुरा सहभागीको तर्फबाट अंकित बोहोरा र अकिता कार्कीले आफ्ना अनुभव राख्नुभएको थियो ।

स्थानीय तहका कर्मचारीको लागी दैनिक काममा सहजता ल्याउने गरी व्यवहारीक कक्षा संचालन गर्नुका साथै प्रदेश तथा स्थानीय तहको काम कर्तव्य अधिकार, सार्वजनिक प्रशासन, निजामती ऐन, कानुन र व्यवस्थास खरीद प्रक्रीया, बजेट निर्माण एव व्यवस्थापन, योजना कार्यान्वयन अनुगमन मुल्यांकन, जिन्सी व्यवस्थापन, स्थानीय तहको राज्यस्व अधिकार र परिचालन, लेखा परिक्षण तथा बेरुजु फर्छौट, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, समाजिक सुरक्षा र पञ्जीकरण, अभिलेख व्यवस्थापन, टिप्पणी लेखन, दर्तारचलानी, शासन, सुशासन र सदाचार, समस्या केन्द्रित अभ्यास र प्रस्तुतीकरण जस्ता विषयवस्तुमा सहजीकरण गर्नुका साथै प्राविधिक तर्फका नब प्रवेशी सहायकस्तर कर्मचारीहरु दैनिक कार्यालय सञ्चालनको लागी प्राविधिक ज्ञान संगै प्रशासनिक ज्ञान पनि हुनु जरुरी भएकोले प्रविधिक र प्रशासनिक विषयवस्तुलाई समेत ध्यानमा राखि अभ्यासको मार्फत प्रशिक्षण गरिएको तालिमका संयोजक तथा व्यवस्थापन एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले बताउनुभयो ।

मिति २०८२र१०र१९ गतेवाट सञ्चालित तालिममा कुल ६८ जना स्वास्थ्य तथा इन्जिनियरिङ्ग सेवा तर्फ सहायकस्तर चौथोरपाँचौ तहमा कार्यरत कर्मचारीहरुको सहभागी रहेको थियो । पाँच दिन सम्म संचालित सो तालिम सामाजिक विकास, युवा तथा खेल्कुद मन्त्रालय, शिक्षा विकास महाशाखाको हल र रास्ट्रिय परीक्षा बोर्ड, प्रदेश परिक्षा व्यवस्थापन कार्यालयको हलमा संचालन भयो । सोही तालिममा प्रतिष्ठानको लेखा अधिकृतको रुपमा कार्यरत रही योग्दान पुर्‍याउनुहुने सिर्जना गौतम सम्मानमा साथ बिदाई समेत गरिएको थियो । हाल उहाँ सरुवा भई प्रदेश लेखा नियन्त्रकको कार्यालयमा जानुभएको छ ।

समापन समारोमा बोल्नुहुदै प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले यो तालिमले प्रतिष्ठानको नारा “व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” ल्याउने कुरामा विस्वास रहेको र यो प्रतिष्ठान हजुरहरुको क्षमता विकासमा सधै लागिरहने भन्दै सम्पूर्णलाई बदाई दिई समापन गर्नुभएको थियो । उक्त समापन सत्रको सञ्चालन तालिमका संयोजक तथा व्यवस्थापन एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गर्नुभएको थियो ।

प्रतिष्ठानको आयोजनामा यही २०८२ मंसीर १४ देखि हालसम्म सेवा प्रवेश तालिम तर्फ प्रशासन, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषी सेवा तर्फ विभिन्न समय समयमा गरि ७ वटा समुहमा तालिम सञ्चालन गरिएको र सोही तालिमबाट २२० जना भन्दा बढी दिक्षित भइसकेको लेखा अधिकृत प्रशान्त सुवेदीले जानकारी दिनुभयो ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।