२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

प्लानिङ ब्वाइज युनाइटेड आहा राराको क्वाटरफाइनलमा, फ्रेण्ड क्लब ४-० ले पराजित

पोखरा, १ फागुन ।

पाहुना टोली प्लानिङ ब्वाइज युनाइटेड पाेखरामा जारी २५औं आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे क्वाटरफाइनल प्रवेश गरेकाे छ । सहारा क्लबको आयोजनामा शुक्रबार पोखराको रंगशालामा भएकाे खेलमा ब्वाइज युनाइटेडले फ्रेण्ड क्लबलाई ४-० गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलकाे यात्रा तय गरेको हो ।

ब्वाइजको जितमा विदेशी खेलाडी पापा आइबाे केइबिले ह्याट्रिक गरे भने एलेक्स विल्सनले १ गाेल गरेका छ्न ।खेलकाे २७ औँ मिनेटमा एलेक्सले पहिलो गाेल गर्दै खाता खाेले‌का थिए । उनले पेनाल्टी मार्फत गाेल गरे ।

खेलकाे ४५ औँ मिनेटमा पापाले ब्यक्तिगत पहिलो र टिमका लागि दाेस्राे गाेल गर्दै अग्रता दोब्बर पारे । यसैगरी खेलकाे‌ ५४ औ र ८१ औ मिनेटमा गाेल गर्दै पापाले ह्याट्रिक गर्दै खेल ४-० को फराकिलो अन्तरले जित निकाले ।

भाेलि शनिबार आयाेजक सहारा र नेपाल पुलिस क्लब बीच दिउसाे ३ बजे खेल हुने आयाेजकले जनाएकाे छ ।

फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छ । अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।