२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

रेनु दाहालको घरदैलोमा उत्साहजनक समर्थन, उर्लियो जनलहर

चितवन, ०४ फागुन।

चितवन  भरतपुर महानगरकी निवर्तमान प्रमुख रेनु दाहाल को पक्षमा चितवन क्षेत्र नं. ३ मा जनसमर्थन बढ्दै गएको देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकी दाहाल सोमबार भरतपुर–१६ मा घरदैलो अभियानमा सहभागी हुँदा स्थानीयवासीको उल्लेख्य उपस्थितिसहित स्वागत पाएकी हुन्।

दुई कार्यकालसम्म भरतपुर महानगरपालिकाको नेतृत्व सम्हालेकी दाहालले संघीय राजनीतिमा प्रवेश गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सारिँदा दोस्रो कार्यकाल पूरा हुन करिब १५ महिना बाँकी रहँदै उनले प्रमुख पदबाट राजीनामा दिएकी थिइन्। “निर्वाचन समयअगावै घोषणा भएपछि राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो,” दाहालले भनिन्।

घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले महानगर प्रमुखका रूपमा कार्यरत रहँदा सबैलाई समान व्यवहार गर्दै विकास निर्माणका काम अघि बढाएको दाबी गरिन्। “कसले के भन्यो भन्नेभन्दा पनि कहाँ कति काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेँ,” उनले भनिन्, “विकासका काममा कहिल्यै पक्षपात गरिनँ।”

उनले स्थानीय तहमा हासिल अनुभवलाई संघीय संसद्मा नीति निर्माण तहमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। चितवनको समग्र विकासका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अवसर दिन मतदातासँग आग्रहसमेत गरिन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।