२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको आग्रह

काठमाण्डौं, १३ फागुन।

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।

निर्वाचन आयोगले मतदान हुनुअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय दिग्भ्रमित हुने र यसले उम्मेदवारहरूलाई हतोत्साही बनाउने तथा प्रतिस्पर्धाको वातावरणमा खलल पुर्‍याउने जोखिम रहेको बताएको छ । साथै निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न सबै पक्षलाई आह्वान गर्दै प्रविधिको दुरुपयोगप्रति पनि गम्भीर बन्न आयोगको आग्रह रहेको छ ।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी तयार गरिएका दिग्भ्रमित सामग्री सामाजिक सञ्जालमा प्रसारण भएको हुदाँ उक्त कार्य नगर्न र नगराउन समेत आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।