पोखरा, १७ फागुन ।

पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन हरेक वर्ष हुँदै आएको बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ यसपटक नहुने भएको छ । प्रचार नेपालको र स्पेक्स फोर्टिनले गर्दै आएको ‘होलिल्याण्ड’ यसपटक प्रतिनिधि सभा निर्वाचनका कारण नहुने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए ।
हरेक वर्ष होलीको अवसरमा फेवा किनारको बाराहीघाट चौरमा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुतिसहित होली विशेष कार्यक्रम हुँदै आएको थियो । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ ।














