२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

हिल प्वाईन्टमा पठन संस्कृति, विद्यार्थीले सिर्जना गरे साहित्यीक रचना

पोखरा, २९ फागुन ।

आफैले रचना गरेका सिर्जना आफ्नै अभिभावकलाई सुनाउन पाउँदा पोखराको हिल प्वाईन्ट स्कुलका विद्यार्थी मख्ख परेका छन् । पोखरा १२ माटेपानीमा रहेको हिल प्वाईन्ट स्कुलले विद्यार्थीको फरक क्षमता विकास गर्ने उद्धेश्यले संचालन गरेको पठन संस्कृति अभियान मार्फत विद्यार्थीले साहित्यका बिभिन्न विधाको लेखन प्रशिक्षण लिएका थिए ।

सोही प्रशिक्षणमा सहभागी कक्षा ४ र ५ का विद्यार्थीले रचना गरेका सिर्जना शुक्रबार विद्यालयमा आयोजित ज्ञान सिर्जना उत्सव कार्यक्रममा प्रस्तुत गरिएको छ । विद्यालयका उत्कृष्ट विद्यार्थी प्रत्युस अधिकारीलाई नै सभाध्यक्ष बनाएर गरिएको कार्यक्रममा रोबोटिक्स कक्षामा सहभागि ३७ जना विद्यार्थीले आफुले रचना गरेका कथा, कविता, निबन्ध लगायतका साहित्यीक सिर्जना प्रस्तुत गरेका हुन् ।

अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक रवि किरणले वालवालिकाको अध्ययनशीलता र सीप विकासका लागि अभिभावकको भुमिकाको विषयमा प्रशिक्षण दिएको नेपाली विभाग प्रमुख भावना लामिछानेले जानकारी दिईन् । त्यस्तै विद्यालयले पठन पाठनका अलावा संचालन गरेको राबोटिक्स शिक्षाका विषयमा आईएनजि स्कील एकेडेमीका प्रतिनिधी रसिला श्रेष्ठले जानकारी दिएकी थिईन् ।

सोही अवसरमा युकेजीका ३० जना विद्यार्थी पनि दिक्षित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैंसीले दिक्षित गरे । यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष बास्तोलाले विद्याथीको शैक्षिक तथा मानसिक विकासका लागि पढाईका अलावा अन्य क्रियाकलाप पनि महत्वपुर्ण हुने बताए । विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैंसीले विद्यार्थीको शैक्षिक विकासका लागि विद्यालय प्रतिबद्ध रहेको बताउँदै, हेटौंडा एनोभेसन सेण्टरको सहकार्यमा विद्यार्थी केन्द्रित विभिन्न क्रियाकलाप संचालन गरेको बताए । अभिभावक संगीता भट्टराईले विद्यालयले गरेको शैक्षिक उन्नयनप्रति खुशी व्यक्त गरिन् ।

शिक्षक शोभा बरालले स्वागत गरेको कार्यक्रमको संचालन नेपाली विभाग प्रमुख भावना लामिछानेले गरेकी थिईन् । कार्यक्रममा विद्यार्थीले गणित शिक्षाका प्राविधिक ज्ञानका विविध स्टल राखेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।