२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

दुईदिने खेलकुद पत्रकारिता तालिम सुरु

पोखरा, २९ फागुन ।

खेल पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने खेलकुद पत्रकारिता तालिम शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै रजिष्ट्रार भण्डारीले खेलकुद पत्रकारिता तालिमले गण्डकी प्रदेशमा भइरहेका खेल गतिविधि र समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले यस्तो तालिमले खेलकुदसँगै खेल पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने धारणा राख्नुभया ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले खेलकुद पत्रकारिता तालिमले खेल समाचारको लेखन शैली सुधार गर्न सहयोग पुग्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष मानबहादुर घर्ति मगरले पछिल्लो समय पोखरा खेलकुदको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै खेलकुदसम्बन्धी समाचार लेखनलाई सशक्त बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।

शनिवार सम्म सञ्चालन हुने तालिममा भलिबल, क्रिकेट, मार्सलआर्ट, गल्फ र फुटबल विषयमा प्रशिक्षण दिइनेछ । पहिलो दिन शुक्रबार तालिममा भलिबलमा प्रशिक्षक राजन पौडेल, क्रिकेटमा दुर्गानाथ सुबेदी र गल्फमा जीवा गुरुङ ले प्रशिक्षण दिनुभएको थियोे ।

मञ्चका उपाध्यक्ष राजाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गर्नुभएको थियोे । तालिममा कास्की जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत ६५ जना पत्रकार सहभागी छन ।

तालिमको दोस्रो दिन मार्सलआर्र्टका प्रशिक्षक शुभाष खड्का, फुटबलमा हिमेश बज्राचार्य र क्रिकेट तर्फ पोखरा रंगशालाको मैदानमा प्रत्यक्ष अभ्याससहित प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।