काठमाडौँ, ०५ वैशाख ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा युवा क्लष्टरका प्रतिनिधिहरुले पार्टी पुनर्गठनलाई विषयान्तर गरेर एकताको कुरा नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी पुनर्गठन अभियानसम्बद्ध युवा संघका उपमहासचिव उपेन्द्र शाहीसहितका युवा नेताले त्यस्तो चेतावनी दिएका हुन् ।
फागुन २१ को निर्वाचनमा भएको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई स्तब्ध बनाएको भन्दै उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनीहरूले पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्ने गरी अगाडि बढ्न जोडदार आग्रह गरेका छन् ।
प्रेस विज्ञप्तिको पूर्णपाठ
मितिः २०८३र०१र०५
भर्खरै सम्पन्न आम निर्वाचनमा नेकपा ९एमाले० ले व्यहोर्नु परेको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ । यो हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न पनि हो । यतिबेला आम कार्यकर्ता र युवा पंक्तिले पार्टीको समग्र रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको अपेक्षा गरिरहेका
छन् ।
यस ऐतिहासिक घडीमा पार्टी विधानको मर्म र व्यवस्था अनुसार पार्टीभित्रैबाट उठिरहेको आवाजलाई तत्काल सम्बोधन गर्नपर्छ भन्ने हामी युवाहरूको दृढ मान्यता छ र यसका निमित्त हाम्रो पहल जारी रहेको सबैमा जानकारी गराउन चाहन्छौं ।
तर, पछिल्लो केही दिनदेखि पार्टीभित्र हुनुपर्ने वास्तविक रूपान्तरण र पुनर्गठनको बहसलाई ओझेलमा पार्ने प्रयास भइरहेका छन् । नेतृत्वले गरेका गल्ती – कमजोरीहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान मोड्नका लागि जुन प्रकारको “बेमौसमी कम्युनिष्ट एकता” को बहस चलाइएको छ, त्यसले पार्टीलाई अझ रक्षात्मक बनाउने निश्चित छ । यस्तो प्रयासले पार्टीभित्र विद्यमान मूल समस्याहरूलाई ओझेलमा पार्ने, कार्यशैलीगत र संगठनात्मक कमजोरीहरूलाई समाधान नगर्ने स्पष्ट नै छ । पार्टीलाई जनताको वास्तविक भावना, विशेषगरी युवापुस्ताको आकांक्षा र आवाजसँग जोड्नु आजको अपरिहार्य आवश्यकता हो । यही आधारमा मात्रै पार्टीले आफ्नो ऐतिहासिक भूमिकालाई पुनः स्थापित गर्न सक्छ ।
त्यसैले, हामी कुनै पनि प्रकारको असामयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिहरूको कडा शब्दमा विरोध गर्दछौं । हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथासिघ्र सम्बोधन गर्नेगरि अगाडि बढ्न जोडदार आग्रह गर्दछौं । अन्त्यमा, वैधानिक ढंगले पार्टीलाई समयानुकूल रूपान्तरण, पुनर्गठन र पुनर्जागरण गर्न हाम्रो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पुनः दोहोर्याउँदछौँ ।
अभियानको तर्फबाट प्रतिनिधिमूलक महाधिवेशन प्रतिनिधिहरू स्
१० सुजन लामा, कोशी प्रदेश
२० अमित कुमार यादव, मधेश प्रदेश
३० डा। सुजन कडरिया, बागमती प्रदेश
४० ज्ञानभक्त डंगोल, राजधानी प्रदेश
९५० मोहन भट्टराई, गण्डकी प्रदेश
६० मेनका पछाई, कर्णाली प्रदेश
७० कमल जोशी
८० सन्देश ढकाल, लुम्बिनी प्रदेश
९० हरिश पन्त, सुदूरपश्चिम प्रदेश
१०० उपेन्द्र शाही














