२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

वीरगञ्जमा ४५ जनामा हैजा पुष्टि, किन देखियो वीरगञ्जमा हैजा ?

काठमाण्डाै – जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले जानकारी दिनुभयाे ।

अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएकाे छ । वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शङ्कास्पद उपचाररत बिरामीको सङ्ख्या बिस्तारै घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे ।

वीरगञ्ज महानगरपालिकाका ५ वटै वडामा देखिएको हैजाको मुख्य कारण पानी नै हुनसक्ने प्रारम्भिक अनुमान छ । १२ नम्बर वडाबाट फैलिएको झाडापखालाका बिरामीलाई हैजा भएको हो/होइन भनेर प्रारम्भिक परिक्षणमात्रै भएको र विस्तृत अध्ययनको नतिजा आउन अझै केही दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे । मुख्य के कारणले हैजा भएको हो भनेर पत्ता लगाउनका लागि कल्चरको रिपोर्ट नै पर्खनुपर्ने पनि उहाँले जानकारी दिनुभयाे ।

महामारी फैलन नदिन घरघरको पानी परीक्षण कार्य शुरू भएको छ । घरघरको पानीको अवस्था के छ पहिचानका लागि जनचेतना अभिवृद्धिका काम पनि हुँदैछ । ‘पानी उमालेर वा पियुष मिसाएर शुद्धीकरण गरेर मात्रै खान भनेका छाैँ । जनचेतना फैलाउनका लागि महानगरसँग मिलेर घरघरमा ब्रुसर बाँड्ने काम पनि जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको छ’, झाले भन्नुभयाे ।

हैजाका लक्षण

वाकवाकी लाग्ने ,अचानक पखाला लाग्ने, बान्ता हुने, आँखा गढ्ने, थकान हुने, पिसाब कम लाग्ने, मानसिक स्थितिमा परिवर्तन आउने, मुख सुक्खा हुने, अत्यधिक तिर्खा लाग्ने, मुटुको चाल अनियमित हुने, रक्तचाप घट्ने

हैजाबाट जोगिने उपाय

  • धारा वा अन्य पानीको स्रोतबाट सीधै पानी नपिउने
  • काँचो सागसब्जी, फलफूल र राम्राेसँग नपाकेकाे माछामासु नखाने
  • उमालेको वा प्रशोधन गरिएको पानी मात्रै पिउने
  • खाना पकाउनुअघि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुने
  • दूषित पानी वा खानाबाट टाढा रहने र सरसफाइमा ध्यान दिने
  • शौचालय सफा राख्ने र जथाभाबी शौच नगर्ने
  • सङ्क्रमित व्यक्तिकाे खानपिन, सरसफाइमा विशेष ध्यान दिने
  • हैजाको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको परामर्श लिने

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।