२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

दुई दशक अघिको ‘नेपालमा नारीको शासन’ शीर्षकको कलाकृति चर्चामा

पोखरा, २९ भदौ ।

प्राज्ञ नगेन सिंहले २१ वर्ष अघि बनाएको ‘नेपालमा नारीको शासन’ नामको कलाकृतिले यतिखेर चासो र चर्चा कमाएको छ । २०६१ सालमा काठमाडौंको ललितकला क्याम्पसमा बिएफए कम्पोजिसन कक्षामा पानी रङमा बनाइएको यो चित्रले बर्तमानको राजनीतिक परिवेशलाई जीवन्त चित्रण गरेको हो ।यस चित्रलाई तत्कालीन समयमा ठूलो क्यान्भासमा बनाउन प्राज्ञ सिंहलाई गुरु गोविन्दलाल डंगोलले भनेसँगै उहाँले तयार गर्नुभएको हो ।

“राजाको सक्रिय शासनकाल तत्कालीन समयमा दिनदिनै जस्तो आन्दोलनहरू भईराख्थ्यो”, उहाँले भन्नुुभयो, “रत्नपार्कमा त्यो आन्दोलनहरूको क्षणहरू हेर्दा कताकता मेरो मनमा यदी पुरुषहरु शान्त भएर सुत्ने र नारीको नेतृत्वमा शासन भयो भने यो सुन्दर शान्त नेपाल हुन्छ भन्ने मनमा लाग्यो र यो कलाकृति तयार बनाए । ”जम्मा २ फिट ४ इन्च बाइ ५ फिट १० इन्चमा ऐकलेरिक रंगले आँफूले कलाकृति बनाएको बताउँदै उहाँले यसलाई आफ्नो चौथो एकल प्रदर्शनी “माई रिजेक्टेड आर्ट” मा प्रदर्शन गरिएको जानकारी दिनुुभयो ।

तत्कालीन समयमा नेपालमा पहिलो पटक टिकट सिस्टममा रु ५ को टिकेट किनेपछि मात्रै हेर्न पाइने त्यस प्रदर्शनीको स्मरण गर्दै उहाँले ‘नेपालमा नारीको शासन’ शीर्षकमा यो कलाकृतिलाई प्रदर्शनमा राखिएको अनुभव सुनाउनुभयो । त्यस समयमा चित्र हेर्ने साथीभाइ, पत्रकार, कलाकार एवम् दर्शकहरुले यो सम्भव होला र भन्दै आँफूँलाई के हाइपोथेटिक काम गरेको भनेर भनेको आजै जस्तो लागिरहेको बताउँदै उहाँले २०६१ सालमा बनाएको यो कलाकृति २०८२ सालमा आएर सार्थक बनेकोमा आफैं दंग परेको अनुभव सुनाउनुुभयो ।

“भनिन्छ नि कलाकार अघोषित सांसद हो भनेर, हामी कलाकारको दृष्टि पनि साँच्चै नै हुने रहेछ भन्ने यो ज्वलन्त उदाहरण हो.”, उहाँले थप्नुुभयो, “ भएको दृष्यहरू मात्र होइन भविष्यमा हुने दृष्यहरूको पनि क्यानभासमा उतार्न सकिँदो रहेछ र त्यसैले अन्ततः पूर्णता पनि पाउँदो रहेछ भन्ने कुरा यो कलाकृतिले छर्लङ्ग पारेको छ, मैले यसबाट आफूँप्रति पनि गौरव महसुस गरेको छु ।”

‘जय कला क्रान्ति !!! विश्वमा छाओस् शान्ति !!!’ भन्ने आदर्श वाक्यका साथ विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानमा ‘नेपाल यात्रा पुस्तक’ प्रकाशन गरी २०८७ सालमा देशमा एक करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सिंह निरन्तर लागिरहनुभएको छ ।उहाँको यो ‘नेपालमा नारीको शासन’ शीर्षकको कलाकृति हाल विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानको सम्पर्क कार्यलय पोखरा महानगरपालिका वडा नं ८ न्यूरोड मा अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।