२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

नव नियुक्त ३ मन्त्रीले लिए सपथ

काठमाडौं, ३० भदौ ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। जस अनुसार रामेश्वर खनाल अर्थ मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास र ओमप्रकाश अर्याल गृह; कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका हुन्।

नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजित विशेष समारोहका बीच शपथ गराएका छन्।

यसैबीच मन्त्रीहरुले सपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण समेत गरेका छन । उनीहरुको नियुक्ति पनि आजै भएको थियो ।

अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्। यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् भने गृहमन्त्री अर्याल कानुनविद् हुन्। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।