२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

गोबिन्द केसिको नेतृत्वमा धर्मस्थली सुरक्षा समिति गठन

समिक्षा श्रेष्ठ 

भदौ ३१ ,पोखरा।

पोखरा महानगरपालिका वडा न ५  धर्मस्थली (ख ) टोलमा गोबिन्द केसीको नेतृत्वमा धर्मस्थली सुरक्षा सचेतना समिति गठन भयको छ। अध्यक्ष गोबिन्द केसी ,सचिव इन्दिरा भट्टराई सहितको १७ सदस्यीय सुरक्षा सचेतना समिति गठन गरियको हो । 

चाडवाड नजिकिदै गर्दा टोलमा उत्पन्न हुने सुरक्षा खतरालाई मध्यनजर गर्दै उक्त समिति गठन गरियको हो। टोल भित्र हुने जुन सुकै आपराधिक गतिबिधि चोरी ,डकैति लगायतका साना ठुला अपराध कसरि न्यूनीकरण गर्ने र आफु र आफ्नो घरलाई कसरि सुरक्षित राख्ने भन्ने सम्बन्धमा बिबिध सचेतनामुलक जानकारीहरु टोलवासिलाई प्रवाह गरिने समितिका अध्यक्ष गोबिन्द केसीले जानकारी दिए।देशमा भयको आन्दोलनले देशैभरका कारागार बाट कैदीहरु भागेका र प्रहरी चौकी र सुरक्षा निकाय समेत ध्वस्त भइ बिस्तारै आफ्नो लयमा आउने क्रममा भयपनी अहिलेको परिवेशमा प्रहरी प्रशासनले हरेक ठाउमा सुरक्षा दिन सक्ने अवस्था नरहेकाले टोल वासी आफै जागरुक हुनुपर्नेमा उनले जोड दिए।  टोल भित्र स -साना गल्लीहरु रहेको र कतिपय ठाउका सडक बत्तिहरु मर्मत गर्नुपर्ने अवस्था रहेकाले उक्त बत्तिहरुलाई मर्मत सम्भार गर्ने र अध्यारो छेत्रलाई पनि उज्यालो बनाउन यो समितिले  स्थानीय वासिन्दा सँग सहकार्य  गर्दै उज्यालो टोल निर्माण गर्ने केसीले बताए। 

त्यसै गरि चाडवाड लक्षित गरि टोल सरसफाइ अभियान पनि संचालन गरिने समितिका सदस्य पत्रकार दिपक पौडेलले जानकारी दिए। टोल भित्र रहेका पानि जम्ने खाल्डाखुल्डी ,झाडी ,ढल,सडक वरपर र आआफ्नो घरआगन वरपर सरसफाइ कार्यक्रम पनि यो समितिले संचालन गर्ने पौडेलले बताए। वडा न ५ डेंगु संक्रमणको उच्च जोखिममा समेत रहेकाले चाडवाडमा कोहि पनि बिरामी नहुन र स्वच्छ तरिकाले ढुक्क भयर चाडवाड मनाउने बातावरण सिर्जना गर्न यो समितिले उल्लेखनीय कार्य गरिनेमा पत्रकार पौडेलले बिस्वास ब्यक्त गरे। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।