२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

कास्की प्रहरी प्रमुख ओलियाको सरुवा, नवीन कार्की आउने

पोखरा, २ असोज ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक ४८ जना एसपीको सरुवा गरेको छ ।

ओलियाको केन्द्रीय अनुसन्धान व्यूरो अनुसन्धान महाशाखा लाजिम्पाट काठमाडौँमा सरुवा भएको छ । ओलियाले २०८१ असोज दोस्रो साताबाट कास्कीको कमाण्ड सम्हालेका थिए ।

कास्की प्रहरीको कामाण्ड सम्हाल्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय योजना अन्वेषण तथा विकास शाखामा कार्यरत एसपी नवीन कार्कीलाई सरुवा गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।