२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

जुवातास खेल्ने खेलाउने २० जना पक्राउ

पोखरा, ०४ कात्र्तिक ।

कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मिति २०८२।०७।०१ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न मिति, समय र स्थानबाट जुवातास खेलिरहेको अवस्थामा खेलाउने समेत गरी २० जना मानिसहरु नगद रकम, तास तथा अन्य जुवा जन्य सामग्री सहित पक्राउ गरी अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको ।

निम्न :-

  • मिति २०८२।०७।०२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थितबाट जुवा तास खेलिरहेका र खेलाउने ५ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट २१२ पत्ती तास र नगद रु.२,५१,४५५।– (दुई लाख एकाउन्न हजार चार सय पचपन्न रुपैया) बरामद गरिएको ।
  • मिति २०८२।०७।०३ गते विहान १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर स्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेको र खेलाउने ७ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट १४ थान कौडाको गोट्टी र नगद रु.७७,२०५।– (सतहत्तर हजार दुई सय पाँच रुपैया) बरामद गरिएको ।
  • मिति २०८२।०७।०३ गते अं. २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोल स्थितबाट जुवातास खेलिरहेका र खेलाउने ८ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट ६ बुक तास र नगद रु.२,७३,४४५।– (दुई लाख त्रिहत्तर हजार चार सय पैचालिस रुपैया) बरामद गरिएको ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।