२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

गण्डकीका हिमाली क्षेत्रमा भारी हिमपात, सचेत रहन आग्रह

पोखरा, ११ कात्तिक ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा हाल पानी परेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । मनाङ, गोखरालगायत हिमाली भूभागमा भारी हिमपात भइरहेको छ । हिमपात भएपछि जनजीवन प्रभावित भएको

उत्तरी गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ, कास्की, लमजुङका माथिल्ला क्षेत्रहरूमा हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएका छन् । हिमपातका समयमा पदयात्रामा ननिस्किन पनि उनीहरूको अपिल छ ।  अहिले धेरै पर्यटकहरू हिमाली क्षेत्रतिर छन् । भारी हिमपातपछि उनीहरू टेण्ट र धर्मशालामा बसिरहेको सूचना आएको प्रशासनले जनाएकाे छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाले भारी हिमपात भइरहेकोले पालिकाभित्र पदयात्रामा ननिस्किन आग्रह सहितको सूचना निकालेको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल साेही पालिकामा पर्छ । अहिले मनाङ ङिस्याङ भन्दा तल्लो भूभागमा पनि भारी हिमपात भइरहेको छ ।

मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पर्यटकहरू हिमपातका कारण झर्न सकेका छैनन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।