काठमाण्डौँ, २० कात्र्तिक ।

नव नियुक्त यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासंग नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले बिहिवार मन्त्रालयमा भेट गरी बधाइ सहितको सुझावपत्र पेश गरेका छन् ।
संघका मार्शल एण्ड ट्रेनिंग कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टिमले संघको तर्फबाट बधाइ दिँदै नेपालमा मोटरस्पोट्र्स र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका थिए ।
सो अवसरमा संघका प्रतिनिधिहरूले युवा तथा खेलकुद मन्त्रालयले साँच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताए ।
उनीहरूले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यवसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाईल्स एसोसिएसनको सधैं साथ सहयोग र समर्थन प्रतिवद्धता व्यक्त गरे ।
संघको तर्फबाट सुझाब पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै, “मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो,” भन्दै संघ, खेलाडी र अफिसियलहरूको सुझावहरूलाई आत्मसाथ गर्ने बताउनुभयो ।
संघको तर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियल मार्फत प्राप्त सुझावले युबा वर्गमा हौसला पुग्ने बताउनुभयो ।














