पोखरा, ०३ मङ्सिर ।
पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित महाप्रभुुधाममा बुधबार शतबीज छरिएको छ । दुई शताब्दीभन्दा अघिदेखि धार्मिक आस्था र विश्वासको केन्द्र बन्दै गएको महाप्रभुधाममा प्रत्येक वर्ष बाला चतुदर्शीका दिनमा शतबीज छर्ने परम्परा अनुुसार बुधबारै यहाँ शतबीज छरिएको छ ।
बालाचतुर्दशीका अवसर पारी आजै श्री महाप्रभुधाम पर्यटकीय क्षेत्र विकास समितिद्वारा रुद्राभिषेक, राष्ट्रिय खुल्ला भजन प्रतियोगिता तथा महाआरती कार्यक्रम समेत राखिएका कारण बिहानैदेखि भक्तजनहरूको ठूलो उपस्थिति रहेको समितिका अध्यक्ष नवराज बरालले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार पछिल्ला वर्षमा पोखरा र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरू शतबीज छर्नका लागि आउने गरेका छन् ।
महाप्रभुधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ यहाँको बिस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिनुुभयो ।
विस्तृत आयोजना प्रतिवेदन अनुुसार यहाँको समग्र विकासका लागि करिब १२ करोड रुपैयाँ लाग्ने अनुुमान गरिएको छ ।
पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनुका साथै ऐतिहासिक एवं धार्मिकस्थल पनि प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँको महत्व अझै बढेको समितिका उपाध्यक्ष सूर्यप्रसाद बरालले बताउनुुभयो ।
यसैबीच बालाचतुर्दशीका अवसरमा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समितिले आयोजना गरेको राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगितामा माछापुच्छ«े सेवा समाज, हेमजा प्रथम, धर्मस्थली भजन समूह मालेपाटन द्वितीय, विश्व हिन्दुु महासंघ, चाउथे तृतीय र ज्येष्ठ नागरिक समूह छिनेडाँडा सान्त्वना भएका छन् । त्यस्तै उत्कृष्ट नृत्यमा महाप्रभुधाम रतनपाण्डे समूहका मनिका भुजेल पुस्कृत बन्नुुभएको छ ।
कुल आठ वटा समूह सहभागी भएको प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार, १५ हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट नृत्य गर्नेलाई तीन हजार र सहभागी सबै लाई प्रोत्साहन स्वरुप दुई÷दुुई हजार रुपैयाँ प्रदान गरिएको समितिका सचिव भोजराज बरालले जानकारी दिनुुभयो ।
सल्लाहकार शिरोमणि बरालका अनुुसार समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा रहेको यो स्थानमा प्राचीन कालमा स्वर्गद्वारी बाट आउनुुभएका महाप्रभुुहरूले कोटि होम सहित महायज्ञ सम्पन्न गरेसँगै त्यही समयदेखि यो स्थानलाई महाप्रभुधामका रुपमा लिने गरिएको छ ।
















