२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

पोउवा संघका अध्यक्ष कार्की चीन प्रस्थान

पोखरा, २२ मंसिर ।
 
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोृकर्ण कार्की चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन सोमबार त्यसतर्फ लागेका छन् । अध्यक्ष कार्की नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै चीनको चुनकिङम आयोजिना हुने उद्योग वाणिज्य महासंघहरुको संगठन  एलायन्स अफ दी च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज अफ दी न्यू इन्टरनेसनल ल्याण्ड–सी टे«ेड करिडर (आइएलएसटीसी) को बैठकमा भाग चीनतर्फ लागेका हुन् ।
 
आइएलएसटीसी चीनले रोड एण्ड बेल्ट परियोजनामा समेटिएका देशहरुमा रहेका उद्योग वाणिज्य संघहरुलाई समेटेर निर्माण गरेको संस्था हो । यो संस्थाले जमिन तथा समुन्द्रहुँदै गरिने व्यापारमा सहजीकरण गर्नेछ भने नयाँ सम्भावनाको समेत खोजी गर्नेछ ।
 
अध्यक्ष कार्कीले सो सम्मेलनमा नेपालको निजी क्षेत्र अर्थात् नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट सहभागिता र संवोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष कार्की चीन प्रस्थान गरेसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले सम्हालेका छन् । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।