२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा, सर्किट–२ ः दोस्रो दिनका खेल सम्पन्न

पोखरा, २३ मंसिर ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत मंगलबार ब्वाइज’ सिंगल्स (राउन्ड अफ ३२) का खेलहरू सम्पन्न भएका छन् ।

दोस्रो दिन भएका खेलमा भारतका अर्श काथुरियाले नेपालका सक्षम विक्रम शाहलाई ७–६(३), ६–७(५), ६–४ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । चीनका जियालियाङ गुओले बंगलादेशी जारीफ अब्रारलाई ६–४, ६–३ ले हराए । भारतकै दक्ष दीपक पाटिलले चीनका जुनलिन सुलाई ६–३, ६–३ ले पराजित गरेर खेलमा अघि बढेका छन् ।

श्रीलंकाली खेलाडी गानुका फर्नान्डोले भारतका ओजस्विर सिंहलाई ६–१, ६–१ ले सहजै हराउँदै अन्तिम १६ मा स्थान बनाउँदा भारतका निकुञ्ज खुरानाले नेपालका शाश्वत बज्राचार्यलाई ६–१, ६–३ ले हराए । दोस्रो शिर्ष वरीयताका चीनका चुआन डिङले भारतका फजल अली मीरलाई ७–६(७), ६–३ ले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे ।

ब्वाइज’ डबल्स (राउन्ड अफ १६) मा श्रीलंकाका गानुका फर्नान्डो र भारतका तेजस रवीको जोडीले भारतका फजल अली मीर र हङकङका सेल्विन ट्ज युएन वङलाई ६–२, ४–६, (१०–८) ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे । अर्को खेलमा श्रीलंकाका रेहान गुणवर्धना र नेपालका असब सम्राट हाडाको जोडीले बंगलादेशका महाद बिन मालेक महाद र तनभिरलाई ६–१, ३–६, (१०–७) ले हराउँदै अन्तिम आठमा स्थान बनाए ।

गल्र्स’ सिंगल्स (राउन्ड अफ १६) मा भारतकी कार्तिका पद्मकुमारले आफनै देशकी मेहा पाटिललाई ६–१, ६–३ ले पराजित गरिन् । भारतकी ध्रुती गुन्डूले कठिन संघर्षपूर्ण खेलमा भारतकी नै रञ्जना संग्रामलाई ५–७, ६–०, ७–५ ले पराजित गरिन् भने नेपालकी शिवाली गुरुङले बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–४, ६–१ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी छन् ।

यस्तै भारतकी झानवी ताम्मिनेदीले क्यानडाकी ईभा खड्कालाई ६–३, ६–१ ले पराजित गर्दा भारतकी शतक्शिका सहायाकले न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–१, ६–१ ले सहजै हराइन् । ताइपेइकी के–चि ह्सुले भारतकी प्रियन्शी कटियाललाई ६–१, ६–४ ले पराजित गरिन् भने नेपालकी सुनिरा थापाले चीनकी युनर चिलाई ६–३, ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् ।

प्रतियोगितामा ब्वाइज डबल्स तथा गल्र्स डबल्सतर्फका खेलहरु समेत जारी रहेका छन् । शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।