२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा, २५ मंसिर ।

निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
 
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गर्नुभयो ।
 
प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा आयोग लागिपरेको बताउनुभयो । निर्वाचन कार्यक्रम प्रकाशन गरी अहिले मतदाता नामावली अद्यावधिक काम भइरहेको बताउँदै उहाँले आयोग एकै चरणमा निर्वाचन गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
 
ढकालले गण्डकीमा कूल मतदाता १६ लाख ६२ हजार २ सय ४६ रहेको जानकारी गराउनुभयो । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।