२०८२ माघ २४ शनिबार
२०८२ माघ २४ शनिबार

शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ को म्युजिक भिडियो सार्वजनिक

पोखरा, २६ मङ्सिर  ।
 
गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ ।
गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए ।
गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् । तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् ।
भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
https://www.youtube.com/watch?v=YiNlr3g94Ig
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।