पोखरा, ०५ पुस ।

महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घुईचो लागेको छ ।शनिवार विदाको दिनपनि परेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थी समेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भटट्राईले बताए । १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले जानकारी दिए ।
विषेशगरी वाल उद्यान तर्फ मात्र १० लाख वढिको आर्थिक कारोवार भएको बाल उद्यानका संयोजक भरत थापाले बताए ।














